दफा
समितिको कोष

९. समितिको कोष

(१) समितिको एउटा छुटृै कोष हुनेछ र कोषमा देहायका रकमहरू रहनेछन्

(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम,
(ग) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकारबाट प्राप्त रकम,
(घ) समितिले गरेको प्रकाशनको विक्री वितरणबाट प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा प्राप्त हुने रकम समितिले तोकेको बैंक तथा वित्तीय  संस्था सम्बन्धी प्रचलित कानुनबमोजिम ‘क’ वर्गको इजाजतपत्र प्राप्त कुनै बैंकमा समितिकोे नाममा खाता खोली जम्मा गरिनेछ ।
(४) समितिको नामबाट गरिने सवै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) समितिलाई जुन कार्यक्रम वा कामको लागि रकम प्राप्त भएको हो सो रकम सोही कार्यक्रम वा काममा खर्च गर्नु पर्नेछ ।
(६) समितिको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।